एमाले अध्यक्ष ओली सोमबार बीरगंज आउँदै
बीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार बीरगंज आउनुहुने भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली सोमबार बीरगंज आउने कार्यक्रम तय भएको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिनुभयो ।
नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम तथा नेकपा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बीरगंज आउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
बीरगंजको नगरसभा गृहमा भोली दिउँसो ११ः०० बजेबाट कार्यक्रम शुरु हुने जनाइएको छ ।
त्यसैगरी, जेठ १ गते मङ्गलवार अध्यक्ष ओली बारा एमालेद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुहुने एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले सोही दिन बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समेत गर्नुहुने कार्यक्रम छ । बारा, पर्सा लगायत मधेश प्रदेशमा नेकपा एमालेलाई साङ्गठनिक रुपमा थप मजबुद बनाउन अध्यक्ष ओली आफै सक्रिय रहनुभएको सचिव पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्