तपाईँ सुन्दै हुनुहुन्छः

रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरु भएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्‍याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैङ्क, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैङ्कलगायत निकायका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button