तपाईँ सुन्दै हुनुहुन्छः

अटो दुर्घटनामा चालकको मृत्यु

तुलसीपुर । तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेको समयमा अटो दुर्घटना हुँदा तुलसीपुर–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो । 

पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button