तपाईँ सुन्दै हुनुहुन्छः

नगर भित्रका सामाजिक भवनहरूलाई ज्येष्ठ नागरिक विश्राम स्थलको रुपमा प्रयोग गरिने

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाले नगरभित्र रहेका सामाजिक एवम् सामुदायिक भवनहरूलाई ज्येष्ठ नागरिक विश्राम स्थलको रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले सबै सामुदायिक एवं सामाजिक भवनहरूलाई ज्येष्ठ नागरिकले दिवा रुपमा प्रयोग गर्ने गरी विश्राम स्थलको रुपमा प्रयोग गर्न निर्देशन दिइने बताउनुभयो ।

“हाम्रा सामाजिक भवनहरू कहिलेकाहीँ मात्र प्रयोग हुन्छन्,तर ज्येष्ठ नागरिकहरूलाई विश्राम स्थल नहुँदा दिन कटाउनै मुस्किल छ।त्यसैले सबै सामाजिक भवनलाई सधैँ दिउँसो खुला गरिने छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

भएका भवनहरूलाई बहुउपयोगि बनाउँदा नयाँ भवन निर्माण गर्नु नपर्ने हुँदा यसले अतिरिक्त ठुलो बजेट समेत अन्य बिकास निर्माणमा लगाउने पाईने उहाँले बताउनु भयो ।ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परिक्षण लगायत अन्य सेवसुबिधाका निम्ति समेत बजेट बिनियोजन गरिने श्रेष्ठले बताउनु भयो ।

अहिले सन्ततिले आफ्ना वृद्ध बुवा आमालाई हेरचाह नगर्ने,पालनपोषण र उपचारमा समेत ध्यान नदिँदा थुप्रै ज्येष्ठ नागरिकले दुख पाएको उल्लेख गर्दै नगर भित्रका ज्येष्ठ नागरिकहरू सम्मानित रुपमा बाच्न पाउने अवस्थाको सिर्जना गरिने श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button