तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादव र संयुक्त अधिराज्यका राजदूत फेनबिच शिष्टाचार भेट 

काठमाडौँ ।  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का आवासीय राजदूत रोवर्ट डोंमिनिक रुसेल फेनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (मङ्गलवार) शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा शुभकामना आदानप्रदानपछि नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई अझ प्रवर्धन गर्ने विषयमा छलफल भयो । 

‘संयुक्त अधिराज्य नेपालको एक प्रमुख विकास साझेदार हो । सामान्य र सङ्कटको समयमा संयुक्त अधिराज्यले लामो समयदेखि गरेको सहयोगको नेपाल कदर गर्दछ‘ उहाँले भन्नुभयो, ‘नेपाल र संयुक्त अधिराज्यबीच रहेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय छ । ‘  

उहाँ“ले अगाडि भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपाल र संयुक्त अधिराज्यले मानव कल्याणसँग सम्बन्ध राख्ने र साझा चासोका विविध क्षेत्रहरू जस्तै राष्ट्रसङ्घीय शान्ति सेना मार्फत विश्वशान्ति स्थापनामा सहयोग, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणका लागि सहकार्य गर्दै आएकोमा खुशी लागेको छ । ‘

उपराष्ट्रपति यादवले नेपाल र नेपाली नागरिकहरूका तर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना सन्देश प्रेषित गरिदिन आग्रह समेत गर्नुभयो ।

राजदूत रोवर्ट डोंमिनिक रुसेल फेनले नेपालको हरेक क्षेत्रमा संयुक्त अधिराज्यले काम गर्न चाहेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button