भारतको लोकसभा चुनावका कारण ४ जिल्लाका सीमानाका भोलिदेखि बन्द हुने
जनकपुरधाम । भारतको बिहार राज्यको मधुवनी जिल्लामा हुन लागेको लोकसभा चुनावका कारणले भारतसँग जोडिएका चार जिल्लाको सीमानाका भोलि मध्य रातिबाट बन्द हुने भएको छ ।

मधुवनी जिल्लामा फरक फरक दिनमा दुई क्षेत्रमा लोकसभाको चुनाव हुने भएकोले मतदानभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
भोली आइतबार राति १२ बजेदेखि मङ्गलवार राति १२ बजेसम्म र जेठ ४ गते राति १२ बजेदेखि ७ गते राति १२ बजे सम्म नेपाल भारत सीमा बन्द हुन लागेको हो ।
मधुवनीको झन्झारपुर संसदीय क्षेत्रमा आगामी वैशाख २५ गते मङ्गलवार मतदान हुँदैछ भने मधुवनी संसदीय क्षेत्रमा जेठ ७ गते मतदान हुँदै छ ।
नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवा पनि तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्