‘हस्तक्षेपमुक्त देश निर्माणका लागी निर्णायक शक्ति आवश्यक’
नवलपरासी पश्चिम् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको बताउनुभएको छ । ओलीले विदेशी हस्तक्षेप हुन नदिने कुरामा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले पश्चिम् नवलपरासीको ९ औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देशलाई निर्णायक तहबाट बिकास गर्नुपर्ने उल्लेख गर्दै बाह्य शक्तिबाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताउनुभयो । अहिले नेकपा एमाले सरकारमा रहे पनि देशको निर्णायक तहमा नरहेको बताउँदै मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आज बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउँदै सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेल परेको समेत स्मरण गर्नुभयो ।

अध्यक्ष ओलीले सुस्ता र रामग्राम स्तूपको समेत अवलोकन गर्नुभएको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले अध्यक्ष ओलीलाई रामग्राम स्तूपका बारेमा जानकारी गराउँदै यसको विकासमा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्