तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु 

गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।  

 उहाँका अनुसार, थापा श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका वडा नम्बर ३ दह डाँडामा जानुभएको थियो । घाँस काट्ने क्रममा लडेपछि उहाँलाई गुल्मी अस्पताल ल्याइएकोमा अस्पतालले खुमकलालाई मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button