तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते शुक्रबार २ः०० बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा २०८१ साल वैशाख २८ गते शुक्रबार २ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलसमक्ष वैशाख २८ गते संसद्को दुवै सदनको अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button