तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई समितिको निर्देशन 

काठमाडौँ । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले शान्ति प्रक्रिया र सत्य निरुपणका बाँकी काम पूरा हुने गरी अघि बढ्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारलाई सत्य निरूपणलगायत पीडितलाई राहत पुग्ने गरी काम अघि बढाउन निर्देशन दिएको हो । 

समितिले द्वन्द्व पीडितलाई वितरण गर्ने परिचय पत्र सबैलाई वितरण गर्दै सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । 

बैठकमा सांसदहरुले पीडितले न्याय पर्खिएको, द्वन्द्व पीडितलाई काउन्सिलिङ आवश्यक रहेको, पीडित परिवारको शिक्षा, पीडित मैत्री कानुन आवश्यक रहेको बताउनुभयो । 

सांसदहरुले द्वन्द्व पीडितलाई परिचय पत्र र सुविधा कार्यान्वयन र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राजनीतिक दलहरुबीचमा सहमति आवश्यक रहेको बताउनुभयो । 

सत्य निरुपण ता मेलमिलाप आयोगका सचिव उदय राज सापकोटाले आयोगले सत्य अन्वेषण, परिपुरण, न्याय दिने गहन काम पूरा गर्नुपर्ने बतउनुभयो ।

बेपत्ता पारिएको व्यक्तिहरूको छानविन आयोगका सचिव लोकराज पराजुलीले पीडित मैत्री कानुन आवश्यक रहेको बताउँदै जतिसक्दो चाँडो बेपत्ता पारिएकाहरूको अवस्था टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button