तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको अजिरकोटमा ‘हनी हन्टिङ’ महोत्सव सम्पन्न

गोरखा  ।  परम्परागत पेसालाई आधुनिकीकरण गर्न अजिर कोटमा ‘हनी हन्टिङ’ गरिएको छ ।

अजिर कोट गाउँपालिका–२, खरिबोट ओलाङमा परम्परागत पेसालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले हनी हन्टिङ फेस्टिभल भएको हो ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जीविकोपार्जन सुधार परियोजना अन्तरगत परम्परागत पेसालाई आधुनिकीकरण गर्न खरिबोटमा एक दिने हनी हन्टिङ फेस्टिभल सम्पन्न भएको पालिका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो ।

साबिकको खरिबोट वडा न ३ को ओलाङमा परम्परागत पेसालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले हनी हन्टिङ फेस्टिभल गरेको हो । ओलाङमा परम्परागत रूपमा भीर मौरीको मह निकाल्ने अर्थात् हनी हन्टिङ गर्ने कुनै समय मेला नै लाग्ने गर्थ्यो । 

यो पेशाबाट जीविकोपार्जन गर्नेहरू भीरमा ठोरीमा झुन्डिएर जोखिमपूर्ण ढङ्गले भीर मौरीको मह निकाल्ने गर्छन् । हनि हन्टिङका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा एक लाख बजेट सो कार्यक्रम सम्पन्न भएको हो ।

ओलाङका करिब १० जना भन्दा बढिले परम्परागत रूपमा अँगाल्दै आएका हनी हन्टिङ पेसालाई व्यवस्थित र आधुनिकीकरण गर्दै पालिकामा पर्यटक ल्याउने उद्देश्यले १ दिने पर्व मनाएको वडा न २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button