कर्णालीको नयाँ पर्यटन गन्तव्य गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक

जुम्ला । कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ गिडिखोला गाउँको सिरानमा अवस्थित नयाँ पर्यटन गन्तव्य गिडिदहको नापजाँच तथा अध्ययन प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो ।
काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक रामदेवी तचामो शाहले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।विश्वविद्यालयको टोलीले नौ दिन लगाएर गिडिदहको लम्बाई,चौडाई,गहिराई,जीव जनावर,रुखविरुवा,क्षेत्रफल लगायतका पक्षको अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदअनुसार गिडिदहको सानो र ठुलो दहको गरी कुल लम्बाई, १५१० मिटर रहेको छ । जसमा ठुलो दह९तालको० लम्बाई १०६० मिटर, चौडाई ३१० मिटर, गहिराई ४३।३ मिटर रहेको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक शाहले जानकारी दिनुभयो ।
त्यस्तै गिडिदहकै सानो दह९ तालको० लम्बाई ४५० मिटर,चौडाई २१० मिटर,र गहिराई २१।३ मिटर रहेको छ ।
समग्र गिडिदह क्षेत्र २९।११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । भने,राष्ट्रिय महत्व बोकेका १८ प्रकारका चरा,७ वटा स्तनधारी जनावर,७४ वटा चराचुरुङ्गी रहेका छन् ।
गिडिदह उचाइका हिसाबले कर्णालीको दोस्रो तालका रुपमा रहेको छ । पहिलो सेफोक्सण्डो र तेस्रो रारा ताल रहेका छन् ।
गिडिदहमा जानू हुन्न,अझ महिला गएपछि फर्किँदैनन् भन्ने अन्धविश्वास थियो । तर तातोपानी(४ को आयोजनामा पहिलो पटक २०७९ साल असार ४ देखि ६ गते सम्म मा ८४ जनाको सरकारी टोली गिडिदह पुगेको तातोपानी(४ का वडाध्यक्ष अम्मर बहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार समुद्री सतहदेखि ३४८५ मिटर उचाइमा अस्थित गिडिदहको छेउमै गिडिदह सम्मेलन गरी गिडिदह घोषणापत्र समेत सार्वजनिक गरियो ।
कर्णाली राजमार्ग हाकुबाट गिडिदह सम्मको दुरी २९ किमी रहेको छ । यो दुरीमा फूलचौल्या,बाइस पाटन लगायतका पर्यटन क्षेत्र छन् । पूर्वाधार विकासका लागि डिपिआर,वातावणिय प्रभाव मूल्याङ्कन लगायतका काम गरिसकेका छौ । तर लगानी अभावले पूर्वाधार निर्माण हुन सकेको छैनन् ।
घोषणापत्रमा दहको नाप जाँचलाई प्राथमिकता दिने उल्लेख भएअनुसार कुल १५ लाख लगानीमा नापजाँच गरि प्रतिवेदन सार्वजनिक गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार गिडिदह तातोपानीको मात्र नभई जिल्लाकै सम्पत्ति र आर्थिक समृद्धिको आधार भएकोले पूर्वाधार विकासमा लगानी गर्न जरुरी छ ।
राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरि १५ लाख लगानीमा नापजाँच गरिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।
उनका यो वर्षमै गिडिदह जाने २७ सय मिटर घोरेटो बाटो निर्माण भइसकेको छ । उहाँले भन्नुभयो,पर्यटक भित्राउन आवश्यक पूर्वाधार विकासमा जोड दिन जरुरी छ । साविक कर्णालीकै तेस्रो ठुलो तालका रुपमा रहेको छ । दिगो संरक्षण,पर्यटक भित्र्याउने वातावरण सृजना तीनै तहका सरकारले लगानी गर्नु पर्ने जरुरी छ ।
सडक,घोरेटो -बाटो ,खानेपानी,धर्मशाला,सञ्चार,बेलिब्रिज लगायतका पूर्वाधार निर्माण अत्यावश्यक रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्