मधेश प्रदेशमा पानीको अभाव
जनकपुरधाम । विगत केही दिन यता पानी नपरेको र चर्को घाम लागेका कारणले मधेशका कतिपय ठाउँका चापाकल सुक्न थालेपछि खानेपानीको अभाव भएको छ ।

चर्को गर्मीसँगै चापाकल सुक्न थालेपछि धनुषा, महोत्तरी तथा सिरहा जिल्लाका उत्तरी भेगका जनताहरू निक्कै समस्यामा परेका छन् । खानेपानीका लागि जडान भएको चापाकल तथा इनारमा पानी सुकेको र आए पनि पर्याप्त मात्रामा नआएपछि पानीको अभाव हुन थालेको हो ।
खानेपानीको समस्या समाधानका लागि स्थानीयहरूले विभिन्न पालिकाहरूसँग माग गर्न थालेका छन् ।

धनुषाका उत्तरी भेगमा खानेपानीसंगै सिँचाइका लागि पानीको अभाव भएको छ । सिँचाइका लागि दक्षिणी भेगमा व्यापक मात्रामा समस्या भएको छ ।
विगत केही वर्ष यता पर्याप्त वर्षा नभएको र चुरेको विनाश नरोकिएका कारण उत्तरी क्षेत्रमा खानेपानीको समस्या बढी देखिएको माओवादी केन्द्रका नेता श्याम यादवले जानकारी दिनुभयो ।
जनकपुरधाममा कतिपय चापाकल सुक्न थालेका छन् भने कतिपयमा पानी निकै कम आउने गर्छ । पहिला डेढ सय फिटमा पानी आउने गरेकोमा अहिले कम्तीमा साँढे चार सय फिटमा चापाकल जडान गर्नुपर्ने जनकपुरधाम– ८ का स्थानीयहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्