तपाईँ सुन्दै हुनुहुन्छः

शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको बच्चालाई जन्म दिएको डेढ घण्टापछि मृत्यु भएको स्वास्थ्य चौकीका इञ्चार्ज टिका बोहराले बताउनुभयो ।

आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको इञ्चार्ज बोहराले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button