दुर्गमको सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला

जुम्ला । जुम्लाको एक दुर्गम सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । सिञ्जा गाउँपालिका–२ चुलेल गाउँमा रहेको माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।
दुर्गमको सामुदायिक विद्यालयमा पनि प्रयोगात्मक शिक्षामा जोड दिन प्लान नेपालको सहयोगमा पेस नेपालद्वारा सञ्चालित सशक्त बालिका परियोजना मार्फत उक्त विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको हो ।
परियोजनाको ४ लाख बढीको लगानीमा ९१ प्रकारका प्रयोगशाला विभिन्न सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताउनुभयो । दुर्गमको विद्यालयको शिक्षालाई अब्बल बनाउन प्रयोगशाला सञ्चालनमा सहयोग गरेका हौँ । उहाँले भन्नुभयो,‘प्रयोगशालामा प्रयोग हुने उपकरण सहित ९० हजार बराबरको फर्निचर टेबल, दराज र ¥याक निर्माण गरिएको छ । उपकरणको सही सदुपयोग र विद्यार्थीको व्यवहारिक शिक्षामा वृद्धि हुने आशा गरेका छौ ।’
विद्यार्थीको शिक्षण सिकाई वृद्धिका लागि प्रयोगशाला सञ्चालनले टेवा पुग्ने सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार सिञ्जाले शिक्षा क्षेत्रको सुधारका लागि नीति निर्माण गर्दै आवश्यक लगानी गर्दै आएको छ ।
पहुँच विहीन दुर्गमका विद्यालयमा स्रोत अभावले ओझेलमा परेको अवस्थामा पेस नेपालले विज्ञान प्रयोगशाला स्थापनाका लागि गरेको सहयोगले ठुलो राहत मिलेको अध्यक्ष धितालको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्