माडीमा बाघको आक्रमणबाट दुईजना घाइते
चितवन । चितवनको माडी नगरपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा वडा नम्बर १ स्थित सेरुवाका ५६ बर्षिय सुर्य महत्तो र ५० बर्षिय तेज बहादुर पौडेललाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही ठाउंँको रिऊ खोलाको पुल नजिकै घांँसे मैदानमा भैँसी चराउन उनीहरुलाई बिहिबार अपरान्ह ३ बजे बाघले आक्रमण गरेको थियो । घाइतेहरुको अवस्था मध्यम रहेकोे र उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । साथै बाघले एउटा भैसी समेत मारेको छ ।








प्रतिक्रिया राख्नुहोस्