सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँ द्वारा इद पर्वको शुभकामना

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईदले दिगो शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव प्रगाढ बनाउन टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ ।
ईद पर्वका अवसरका आज शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, दीर्घायु एवं प्रगतिका लागीशुभकामना ब्यक्त गर्नु भएको छ ।
ईद पर्वले प्रदेशवासीबिच सामाजिक सद्भाव सहिष्णुता र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने छ, विश्वास लिएको छु, सन्देशमा भनिएको छ ।
यस्ता पर्वले विभिन्न जातजाति, समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन एवं विकासमा टेवा पुर्याउने छ . जारी सन्देशमा उल्लेख गरिएको छ ।
ईद पर्वले मुलुकको आर्थिक समृद्धिको लागि नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने उहाँले शुभकामना ब्यक्त गर्नु भएको छ ।

यसैबिच प्रदेश प्रमुख मियाँ आज धनगढीमा ईद नमाज पाठमा सहभागी हुनु भएको छ । धनगढीमा इस्लाम धर्मावलम्बीहरूले मस्जिदमा प्रार्थना गर्दे एकआपसमा खुशी साटासाट गरेर ईद पर्व मनाई रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्