आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, घिमिरे र पुडासैनी उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ । आज हुन लागेको निर्वाचनका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा उपाध्यक्षको निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले)बाट सांसद विमला घिमिरेले उम्मेदवार दिनुभएको छ । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ ।
यसैगरी, नेपाली कांग्रेसबाट सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्