तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अदालत चितवनद्धारा खामको सक्कल मिसिल झिकाउन आदेश 

चितवन । जिल्ला अदालत चितवनले माओवादी पूर्वकमाण्डर कालीबहादुर खामको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश दिएको छ । 

न्यायाधीश दयाराम ढकालले व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादीका पूर्वकमाण्डर कालीबहादुरको मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश दिनु भएको हो  ।

सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश दिनु भएको छ  । आदेशपछि खामलाई पुनः प्रहरीको जिम्मा लगाइएको श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो  ।

खामलाई हिजो मङ्गलवार प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन ल्याएको थियो  । आजै उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button