निर्माण क्षेत्रलाई सक्रिय बनाई आर्थिक मन्दी हटाउन सांसदहरुको माग

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले इमानदारिताको अभावले विनियोजन गरिएको पुँजीगत खर्च हुन नसक्दा देशको अर्थतन्त्र धरासयी भएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसदहरुले राष्ट्रिय गौरवको आयोजना छनोटका आधार नहुँदा आयोजना बढ्ने तर काम नहुने, एकै व्यक्तिले धेरै ठेक्का पाउँदा गुणस्तरीयता घट्ने, बन्द भएका पुराना एयरपोर्टलाई पुन निर्माण गरी सञ्चालन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देश बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्ष नभनी सरकारलाई सुझाव दिनुपर्ने, नेपालको अर्थतन्त्रमा आएको मन्दीको कारण घरजग्गामा पुँजीकरण भएको र निर्माण क्षेत्रलाई सक्रिय बनाए मात्रै आर्थिक मन्दी कम हुने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्