तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत

काठमाडौँ ।  मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । 

उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल, प्रा.डा केशरसिंह राना, प्रा .डा देवबहादुर खड्का, प्रा.डा ध्रुवकुमार गौतमको आवेदन स्वीकृत भएको छ । 

साथै प्रा.डा नन्दबहादुर सिंह, प्रा.डा विनयकुमार मिश्र, प्रा.डा भोलानाथ शर्मा घिमिरे, प्रा.डा मुकुन्दप्रकाश क्षेत्री, प्रा.डा यमबहादुर कार्की र प्रा.डा शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ ।

स्वीकृत उम्मेदवारहरूलाई यही चैत २७ भित्र विश्वविद्यालयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन समेत निर्देशन दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button