तपाईँ सुन्दै हुनुहुन्छः

नदीजन्य पदार्थ चोरीगर्नेको बिगबिगी,५ ट्याक्टर नियन्त्रणमा

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट स्थित खजुरा खोला र सुनवलमा रहेका खोलाबाट नदीजन्य पदार्थ दिनहुँजसो चोरी हुने गरेको छ ।यसै बिच सुनवलका विभिन्न खोलाबाट अवैध उत्खननमा प्रयोग भएका ५ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

उत्खननमा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि फरार भएको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई सुनवल नगरपालिकामा जिम्मा लगाएको र सम्बन्धित धनिलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

सुनवल ४ को तुरिया र धुर्कोट खोलामा अवैध उत्खनन हुँदै आएको छ ।जिल्लामा प्रहरी प्रशासन र स्थानीय तहले निगरानी बढाएपनी खोला दोहन नियन्त्रण हुन सकिरहेको छैन ।खोलाको धार नै परिवर्तन हुने गरी दोहन हुँदा जमिनमुनी पानीको सतह पनि घट्दा विभिन्न स्थानमा धारामा पानी नआउने समस्या भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button