तपाईँ सुन्दै हुनुहुन्छः

सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम 

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ । यो सडकमा दैनिक गाडी चलाउँदै आउनुभएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुहुन्छ ।
बाङ्गे सिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जीर्ण सडक मर्मतबारे रासस प्रतिनिधिको जिज्ञासामा सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button