तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

मुगु । जिल्ला सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिका केन्द्र सोरुकोट तर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने  ४ जना घाइते भएका छन् ।

बुधबार अन्दाजी ४ बजे तिर कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चालक कविराज नेपाली र नाम पहिचान नभइसकेकी एकजना महिला रहेकी छन् । भने  घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली (२८), हिरादिङ्ग नेपाली र बर्ष २२ को प्रेम नेपाली रहेका छन् । घाइते मध्ये मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ ।

घाइते चार मध्ये सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागी प्रहरीले उद्धार गरि मुगु जिल्ला अस्पताल तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर बढी  तल खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button