तपाईँ सुन्दै हुनुहुन्छः

बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल ३–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप एसिया छनोट अन्तर्गत घरेलु टोली बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको छ ।

बहराइन राष्ट्रिय रङ्गशालामा बहराइनलाई जित दिलाउन सायद महदी बाकेर, कप्तान अब्दुल्लाह युसुफ हेला र कमिल अल–अस्वादले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका हुन् ।

चारै खेलमा पराजित नेपाल अङ्कविहीन रहँदै समूह ‘एच’को पुछारमा छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर नेपालले एसिया कप छनोटको तेस्रो चरणमा भने प्रतिस्पर्धा गर्न पाउनेछ ।

बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । यसअघि नेपालले युएईविरुद्ध ४–०, यमनविरुद्ध २–० को हार बेहोरेको थियो । युएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै नौ अङ्क जोडेको बहराइन दोस्रो र यमन तीन अङ्कका साथ तेस्रो छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button