तपाईँ सुन्दै हुनुहुन्छः

ड्रागन बोट रेस प्रतियोगितामा १४ टिम सहभागी हुने

पोखरा । पोखराको बेगनास तालमा भोलि(आइतबार) देखि सुरु हुने ड्रागन बोट रेस प्रतियोगितामा १४ टिम सहभागी हुने भएका छन् ।

राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा ३ वटा महिलासहित १४ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक एवं होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनुभयो ।

प्रतियोगितामा पोखराका विभिन्न तालबाट, कर्णाली प्रदेशबाट, नेपाल आर्मीको र र्याफ्टीङ एसोसिएसन (नारा) सहितको टिम सहभागी भएको उहाँले जनाउनुभयो ।

प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा पाँच सय मिटरमा दोस्रो हुनेले एक लाख ५० हजार र तेस्रो हुने टिमले ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने छ ।

बेगनास तालको पिप्ले टुडादेखि मन्दरे पार्क सम्मको क्षेत्रमा प्रतियोगिता हुने हो ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको आयोजना, ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त सह—आयोजनमा उक्त प्रतियोगिता हुने भएको हो । लेखनाथ उद्योग वाणिज्य संघ र राष्ट्रिय खेलकुद परिषद् उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा रहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको ड्रागन बोट एसोसिएसन गण्डकीका अध्यक्ष दिपक सुवेदीले बताउनुभयो ।

गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय स्तरको ड्रागन बोट रेस भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button