तपाईँ सुन्दै हुनुहुन्छः

पैनीमा डुबेर एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका–२ स्थित पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार दिउँसो ११ बजे धिमालले सोही स्थानमा रहेको पैनीमा भैँसीलाई पानी खुवाउने क्रममा अचानक डुबेका थिए ।

आम्दा अस्पताल दमकमा उपचारको क्रममा धिमालको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button