बाँकेका कृषक मसुरो खेतिमा आकर्षित

बाँके। बाँके जिल्लामा लुम्बिनी प्रदेश सरकारको बिउ अनुदानमा करिव दुइ सय हेक्टर क्षेत्रफल जमिनमा मसुरो खेति गरिएको छ।बाँके जिल्ला मसुरो खेतिको लागि उर्वर भएकाले यसलाई व्यवसाय र नगदे बालिको रुपमा बिकास गर्दै लुम्बिनी प्रदेश सरकारले बाँकेका किसानहरुलाई मसुरो खेतितर्फ आकर्षित गर्नको लागि सत प्रतिशत अनुदानमा मसुरोको बिउ बितरण गरेको छ।
कृषि ज्ञान केन्द्र बाँके मार्फत मसुरो खेतिको लागि बिउ अनुदानमा दिइएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिनु भएको छ।
बाँके जिल्ला मसुरो खेतिको लागि उर्वर रहेकोले त्यसलाई व्यवसायिक र नगदे बालिको रुपमा बिकास गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले बाँकेका किसानलाई मसुरो खेतितर्फ आकर्षित गर्नको लागि सत प्रतिशत अनुदानमा मसुरोको बिउ वितरण गरिएको बताउनु भएको छ।

पहिला आफुले घरमै राखेको मसुरोको बिउ लगाउने गरेका बाँके डुडुवा गाउँपालिका वडा नम्बर छ का किसानहरुले आजकल कृषि ज्ञान केन्द्रबाट अनुदानमा मसुरोको बिउ लिएर मसुरो खेति गर्न थालेपछि मसुरो राम्रो भएको र फलपनि राम्रो लाग्ने गरेको बताउनुहुन्छ।
किसानले मसुरो बिउ अनुदानमा प्राप्त गरेसङ्गै आवस्यक पर्ने मल र उनिहरुका लागि खेतिगर्ने नविनतम उपायका बारेमा कृषि ज्ञान केन्द्रबाट विभिन्न खालका तालिमको व्यवस्था मिलाएका कारण बाँके मसुरो बालिमा आत्मनिर्भर हुने तर्फ अग्रसर रहेको कृषी ज्ञान केन्द्रका निमित्त प्रमुख सकिल अहमदको भनाई छ।
कृषी ज्ञान केन्द्र बाँके मार्फत मसुरोको खेतिको लागि बिउ अनुदानमा दिइएको छ।
बाँके जिल्ला मसुरो खेतिको लागि उर्वर रहेकाले यसलाई व्यवसायिक र नगदेबालिको रुपमा बिकास गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले किसानलाई मसुरो खेति तर्फ आकर्षित गर्न सत प्रतिशत अनुदान उपलब्ध गराएको छ।
समयमा बिउ र मल उपलब्ध हुन सके बाँकेमा मसुरो खेतिको अथाह संभावना देखिएको छ।









प्रतिक्रिया राख्नुहोस्