बर्दियामा रोलरले किचेर एक जनाको मृत्यु

बाँके । बर्दिया जिल्लाको राजापुर रिङ्गरोड अन्तर्गत गेरुवा १ थापापुरमा पिच रोड निर्माण गर्ने क्रममा रोलरले किचेर एक जनाको मृत्यु भएको छ । पिच बाटो निर्माण गर्ने क्रममा रोलरले किचेर भारत विहारका करिब २२ वर्षको प्रवेश आलमको मृत्यु भएको हो । गेरुवा – १ जनकनगर देखि गेरुवा – ३ बनकट्टी सम्मको १२ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको थियो । सडकमा कालोपत्रेको काम गर्ने क्रममा आलमको रोलरले किचेर भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका भनिएका रोलर चालक भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको, लाइसेन्स बारे बुझ्ने कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । शवलाई पोस्टमार्टमको लागि राजापुर लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्