बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपालगन्ज। बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नेपाल भारत सीमानाका जमुनाहादेखि नेपालगन्जतर्फ जाँदै गरेको भे. ३ प. ९६०३ नम्बरको मोटरसाइकल गएराति नेपालगन्ज भन्सारको व्यारियरमा ठोक्किँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का सुरज बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका बर्माको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्