खेती जोगाउन ‘भोटे कुकुर’ वितरण

अर्घाखाँचीका । अर्घाखाँचीको पोखराथोकमा वन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरिएको छ ।
पाणिनी गाउँपालिका –२ पोखराथोकमा कृषकलाई शुद्ध नश्लका भोटे कुकुर वितरण गरिएको हो ।
बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी कृषककै मागका आधारमा भोटे कुकुर वितरण गरिएको हो । बाँदर लागेर खेतीपाती जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका कृषकहरू पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् ।
कृषकहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा भोटे कुकुर वितरण गरिएको वडा अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी गराउनुभयो ।
बाँदर बदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसको बढ्दो बसाइसराई रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त न्यौपानेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्