तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गरिने

काठमाडौँ । सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ ।

त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको विकासका लागि वातावरण निर्माण गर्ने, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचान गराउने तथा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पुर्‍याउने न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र संवाहकका रूपमा विकास गर्ने, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्द्धन गरी दिगो पर्यटनको आधार तयार गर्ने लगायत कार्यक्रम ल्याउने समेत साझा सङ्कल्पमा उल्लेख छ ।

गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाको विस्तार गर्ने, अन्धविश्वास, रुढीवादी, सामाजिक/जातीय विभेद, विकृति–विसङ्गति एवं शोषण अन्त्य गर्ने, अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सांस्कृतिक सहकार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button