मुलुक विकास र समृद्धिको यात्रामा सही ढङ्गले अघि बढ्ने : अध्यक्ष ओली

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक अब विकास र समृद्धिको यात्रामा सही ढङ्गले अघि बढ्ने बताउनु भएको छ ।
आज धनगढीमा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नु हुँदै अध्यक्ष ओलीले देशभक्त, कम्युनिष्ट शक्ति मिलेर बनेको सत्ता गठबन्धनले जनताको अपेक्षा सम्बोधन गरि मुलुकलाई सही बाटोमा अघि बढाउने बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेलाई फसाउने चलखेल भइरहेको बताउनु भयो । सत्ता बाहिर हुँदाको छटपटीलाई काँग्रेसले जबरजस्ती गृहमन्त्री लामिछानेलाई बदनाम गराउन खोजेको र सहकारीमा लामिछाने कुनै सम्बन्ध नरहेको उहाँले बताउनु भयो । सोमवार डडेल्धुरामा पार्टी अधिवेशनको उद्घाटन गर्नु भएका अध्यक्ष ओली आज धनगढीबाट काठमाडौँ फर्किनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्