तपाईँ सुन्दै हुनुहुन्छः

शिवसताक्षी नगरपालिकाको नगरस्तरीय दूधे रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु

झापा । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रङ्गशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्याराफिटको काम पनि एकै पटक अघि बढाएको हो ।

नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । चालु आवमा खेल मैदान र प्यारापिटको काम निर्माणको चरणमा रहेको छ ।

आर्थिक वर्ष २०७९ को बजेटबाट खेल मैदान र डेन निर्माण भइसकेको छ । खेल मैदानमा झार रोप्ने काम समेत सुरु गरिएको छ ।

चालु वर्षको नगरको आन्तरिक श्रोतको बजेटबाट प्यारापिट निर्माणको काम सुरु गरिएको छ । ३० मिटर लम्बाई र ७ मिटर हाइटको स्टेज सहितको प्यारापिट जेष्ठ महिनाभित्र निर्माण सम्पन्न हुने छ । प्यारापिट एकातर्फ मात्रै पनि १ सय मिटर निर्माण गरिने छ ।

भ्याटसहित ६९ लाख ६१ हजार २९१ को लागतमा प्यारापिट निर्माण सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल बन्दै गरेको प्याराफिटमा करिब ४ सय दर्शकहरूले फुटबल हेर्न मिल्ने गरी निर्माण भइरहेको शिवसताक्षी नगरपालिका इन्जिनियर उत्तम बरालले जानकारी दिनुभयो । बजेट अभावले पछि बढाउन मिल्ने गरी काम सुरु गरिएको हो । उहाँले खेलमैदानका आधारमा पूर्वकै राम्रो ठूलो खेल मैदान भएको दाबी गर्नुभएको छ ।

इभान्सी निर्माण सेवाले कनकाईले प्यारापिट निर्माणको जिम्मा पाएको हो । प्यारापिट नगरपालिकाले दिएको मापदण्ड अनुसार तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने इभान्सी निर्माण सेवाका प्रोप्राइटर रमेश खरेलले जानकारी दिनुभयो ।

रङ्गशालामा प्यारापिट पूर्णरुपमा निर्माण गरिए २५ हजार दर्शकले फुटबल हेर्न मिल्ने दाबी गरिएको छ । खेल मैदानको काम यस वर्ष नै सकिने छ । आगामी वर्षमा थप प्यारापिट निर्माणका काम भएपनि उक्त खेलमैदानमा खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button