‘पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिएको छ’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

धनगढीमा आज ‘भू–स्वर्गको परिकल्पना सुदूरपश्चिम’ पुस्तक विमर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले समग्र प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि पुस्तक महत्वपूर्ण रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले प्रदेशको समग्र अवस्थालाई समेटेर प्रकाशन भएको पुस्तक सुदूरपश्चिमको चिनारी भएको टिप्पणी गर्नुभयो । उहाँले लोकसंस्कृति, पर्यटन लगायतका क्षेत्रमा धनी रहेको सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा चिनाउन पुस्तक निकै सहयोगी बन्ने चर्चा गर्नुभयो ।
पुस्तकका लेखक क्याप्टेन बेद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, प्रदेश सभा सदस्य द्वय मेघराज खड्का, डाक्टर तारा जोशी, शिक्षाविद् डाक्टर हेमराज पन्त, विश्लेषक गणेश जोशी लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्