तपाईँ सुन्दै हुनुहुन्छः

पक्राउ परेका महरालाई सिआईबीमा बुझाइयो

काठमाडौँ I सुन तस्करी प्रकरणमा आज बिहान कपिलबस्तुबाट पक्राउ पर्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज काठमाडौँ ल्याएको छ ।

नेता महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो– सिआईबीमा बुझाइएको छ । अनुसन्धानका लागि थुनामा राख्ने आदेशका लागि उहाँलाई आजै जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिश गरेको आधारमा प्रहरीले आज उहाँलाई कपिलबस्तुबाट पक्राउ गरेको थियो ।

जाँचबुझ आयोगको सिफारिशका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्‍याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button