तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एक जना मृत भेटिए, बाघको आक्रमणमा परेको आशङ्का

नेपालगन्ज। बाँकेमा एक जना मृत भेटिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित जङ्गलमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ५५र६० वर्षको पुरुष रहेको स्थानीयले बताएका छन् । उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले बाघको आक्रमणमा परी मृत्यु भएको आशङ्का गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button