तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण

जलेश्वर I राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोईरालाको सालिक अनावरण गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो । 

सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता  देशका धरोहर हुन् भन्दै उहाँहरूप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताउनुभयो । उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरूले देखाउनुभएको बाटोमा सधैँ हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button