तपाईँ सुन्दै हुनुहुन्छः

मनाइयो विश्व मिर्गौला दिवस 

काठमाडौँ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विश्व मिर्गौला दिवस मनाइएको छ । 

दिवसका अवसरमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा प्रभातफेरि गरियो  । 

अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागितामा  रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । 

यस्तै दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । 

मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटु रोगका कारणले मिर्गौला खराब हुने चिकित्सकको भनाई छ । 

विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button