नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उहाँले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले चार सिटको साना राजनीतिक दलहरूले पनि विश्वासको मत दिन लागेको जानकारी गराउँदै उदीयमान साना दलहरूको मतको उचित प्रयोग गर्न सुझाव पनि दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्