तपाईँ सुन्दै हुनुहुन्छः

जसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बुधबार प्रतिनिधिसभाबाट लिन लाग्नुभएको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । 

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वासको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ । 

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली काँग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसद्बाट विश्वासको मत लिने कार्यक्रम छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button