तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले उहाँलाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button