थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित (सूचीसहित)
काठमाडौँ । सरकारले दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका थप दुई हजार ६७४ जना सहिदको नाम बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।
यही पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरूप सहिद घोषणा गरेकोमा दुई महिनापछि उक्त नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।
यसअघि, पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै सरकारले गत फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका ८ हजार ४६७ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्