तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री जोशीद्वारा पदबहाली

काठमाडौँ। नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आज सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ ।
     
मन्त्री जोशीले सुर्खेतको गुरुवाकोट नगरपालिकामा सामुदायिक विद्यालयका लागि स्थानीय तहमार्फत कार्यान्वयन हुने आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री जोशीलाई मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगाययतले स्वागत गर्नुभएको थियो ।

 यसअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति रहनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता जोशी बझाङबाट निर्वाचित हुनुहुन्छ । लामो समय नेकपा (एमाले) को राजनीतिमा समिर्पित जोशी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button