तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्रीहरूको शपथ आज पौने ६:०० बजे तय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाउनुभएका प्रधानमन्त्री प्रचण्डले सोमबार तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरिसक्नुभएको छ ।

आज विस्तार हुने मन्त्रीपरिषद्मा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका तर्फबाट सहभागी हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button