अध्यक्ष नेपाललाई भेट्न सभापति देउवा कोटेश्वरमा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो ।
राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
हिजो राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्