तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिई संसदमा प्रतिपक्षमा बस्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

यस्तै बैठकमा सत्ता बहिर्गमनसँगै विकसित पछिल्लो घटनाक्रम लगायत समसामयिक विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उपसभापति गुरुङले प्रधानमन्त्रीलाई मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिनुभयो ।

उपसभापति गुरुङले मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल र नेपालको राजनीतिक प्रवृत्तिले सत्ता गठबन्धन परिवर्तन भएको बताउनुभयो ।

तस्वीरः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button