रोटी पकाउने क्रममा जलेर एक वृद्धाको मृत्यु
चितवन । खैरहनी नगरपालिका–९, करैयामा घरमा रोटी पकाउने क्रममा गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । खैरहनी–९ का ७० वर्षीया मंगरी महत्तोको कपडामा आगो सल्किएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगोले शरीरका विभिन्न भागमा पोलेर गम्भीर घाइते भएकी वृद्धाको चितवन मेडिकल कलेजमा उपचार पश्चात् थप उपचारका लागि काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुर लैजाने क्रममा मृत्यु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्