‘नेपालमा जलविद्युत, पर्यटन र कृषिको ठुलो सम्भावना छ’
बागलुङ । अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा जलविद्युत, पर्यटन र कृषिको ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दशौं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै महतले अब नेपाल आर्थिक रूपान्तरणतर्फ अघि बढेको बताउनुभयो ।
महतले राजनीतिमा पनि केही समस्या भएकाले देशले चाहेजस्तो गति लिन नसकेको बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक गतिविधिबारे सबै सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
महतले नेपालमा केही हुँदैन भनेर आँखा चिम्लेर टिप्पणी गर्नु गलत भएको बताउनुभयो । अर्थमन्त्री महतले पछिल्लो समय मुलुक विकासको लयमा गएको बताउँदै भविष्यप्रति गौरव जगाउने कार्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्