तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनुहुनेछ ।

बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्नुहुनेछ भने त्यसपछि बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

आजकै बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियस भामा उत्पति भएको अनुगमन तथा मुल्याङ्कन विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button